नवलपुर (नवलपरासी) । नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ...
चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् । सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो...
बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । केही बेरअघि उनीहरूको...
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार (असोज ११) दिउँसो प्रहरीले उनलाई छाडेको हो । उनलाई ‘सुरक्षित’ स्थानमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । तर, उनलाई कहाँ पठाइयो भन्ने बारे प्रहरीले...
पर्वत । कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ। मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन। बाढीबाट...
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार जोड्ने झोलुंगे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि आइतबार (असोज ११) केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो । वर्षासँगै...
चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ । भरतपुर...
गएको २४ घण्टामा चितवनको माडी कल्यानपुर मौसम मापन केन्द्रमा सबैभन्दा बढी पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार माडी कल्यानपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा भएको हो। महाशाखाका अनुसार मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही...
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर अधिकांश बादल लागेको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८