• कात्तिक २८, २०८२, शुक्रवार Friday, 14 November, 2025
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
  • खबरदाता

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका...

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ
  • रासस

झापा । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी,...

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
  • खबरदाता

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार, कार्तिक...

ठगी आरोपमा नेपाल ट्रस्टका पूर्वसहसचिव पक्राउ
  • खबरदाता

ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल ट्रस्टको कार्यालय काठमाडौंमा सहसचिव पदमा कार्यरत (हाल अवकाशप्राप्त) कर्मचारी चितवनको भरतपुर महानगरपालिका–१५ का ६६ वर्षीय लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बदनियत राखेर हानिनोक्सानी हुने...

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश
  • खबरदाता

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार पूर्वडीआईजी छविराज जोशीको मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइल झिकाउने आदेश दिएको छ । न्यायाधीशद्वय वासुदेव आचार्य...

एमाले नेता पासाङ शेर्पा जेल चलान
  • खबरदाता

बहुविवाह कसुरमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता पासाङ शेर्पा जेल चलान भएका छन् । मंगलबार साँझ पक्राउ परेका शेर्पा बुधबार जेल चलान भएका हुन् । प्रहरीका अनुसार, शेर्पालाई जिल्ला अदालत काठमाडौंको आदेशले डिल्लीबजार कारागार चलान गरिएको हो । काठमाडौं...

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्न काभ्रे जिल्ला अदालतको आदेश
  • खबरदाता

विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश गरेका हुन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका...

राजुनाथ पाण्डे निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
  • खबरदाता

उच्च अदालत पाटनले यसअघि दिएको आदेश खारेज गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै रहने आदेश गरेको छ । पाण्डेले दायर गरेको रिट खारेज गरिएको उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । न्यायाधीशहरु डालकुमार खड्का...

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता
  • खबरदाता

सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता गराएको छ । सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८