हाम्राे बारेमा

परिवर्तनशील समय । गाउँमा ढोल बजाएर समाचार तथा जानकारी प्रवाह गर्ने देखि छापा हँदै विश्वनै डिजिटलको मध्य युगमा आईसकेको छ । नेपालमा पनि डिजिटल युगले पुर्णरुपमा प्रवेश पाईसकेको देखिन्छ । पाठकहरु प्रत्येक क्षण क्षणमा नयाँ जानकारीको पर्खाईमा रहेका हुन्छन् ।

छापा माध्यमबाट प्रायः सबै सञ्चारगृहहरु अनलाईनमा प्रवेश गरिसकेका र गरिरहेका छन् । यसै महासागरमा एक थोपा पानी बनेर हामीपनि घुलमिल भईरहेका छौ । सञ्चार माध्यमको निश्चित मापदण्ड भित्र रहेर एक क्षणमा जानकारी पाठक समक्ष पुर्‍याउने हाम्रो लक्ष्य रहनेछ । ‘निमेषभरमै तपाइसँग’भन्ने भाव हाम्रो प्रमुख उद्देश्य रहेको छ । यसप्रति हामी कहिलेपनि विचलित हुने छैनौ ।

हामी कुनैपनि व्यक्ति, समूह या दलसँग आवद्ध रहने छैनौ तर समाचार र जानकारीका लागि उनिहरुसँग सधै हातेमालो गरिरहने छौ । प्रजातन्त्र प्रति आस्था राख्ने सबै समूहहरुले हामीसंग काँधमा काँध मिलाई अघि बढ्न सक्नेछन् ।

हामीले प्रकाशान तथा प्रशारण गर्ने कुनैपनि जानकारी,विज्ञापन तथा समाचार लगायतका सामग्रीहरुको गहिरो अध्ययन पछिमात्र तपाईहरु समक्ष पस्कने प्रतिबद्धता गर्न चाहन्छौ । प्रकाशित प्रशारित सामग्रीहरुमा कुनै बाधा, अवरोध र दवाव हाम्रालागि स्विकार्य हुने छैन।
‘निमेषभरमै तपाइसँग’– सबैको जय होस् ।

हाम्रो युनिट
अध्यक्ष /प्रधान सम्पादक : टिकादत्त तिमिल्सिना
सम्पादक :  केपी शर्मा

समचार प्रमुख : डोलराज रानाभाट