• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

सडक भासियो, मनकामना केबलकार बन्द

  • खबरदाता

सडक भासियो, मनकामना केबलकार बन्द

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार जोड्ने झोलुंगे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि आइतबार (असोज ११) केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो ।

वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुंगे पुलमा लगातार बहावले प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सडक भासिएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए ।

सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द छ । नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासको क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए ।

  • प्रकाशित मिति : असोज ११, २०८३, आइतवार १२:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८