बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरका १८ सडकखण्ड अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार, ती सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् । सिद्धिचरण लोकमार्गकस्थित ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, भँडारे खोलामा आएको...
निरन्तरको वर्षाले पोखरा, भरतपुर र सिमरा विमानस्थलको उडान अवरुद्ध भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्जय कुमारका अनुसार, भिजिबिलिटी नपुगेका कारण यी विमानस्थल उडान र अवतरण हुन सकेको छैन । बाँकी डोमेस्टिक विमानस्थलमा उडान र अवतरण भइरहेको उनले...
नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक खण्ड बन्द हुने जनाएको हो । बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर...
पृथ्वी राजमार्गमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ । दुई दिनदेखि भइरहेको निरन्तर वर्षा र त्यसका कारण सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सवारी आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै...
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई...
न्यूयोर्क — संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको उत्तरी भूभाग रसुवामा हालै आएको विनाशकारी बाढी–पहिरोको विपत्तिलाई आफ्नो मन्तव्यको एकमात्र र मुख्य एजेन्डा बनाएका छन्। विश्व समुदायका शीर्ष नेताहरूको उपस्थितिमा भएको उच्चस्तरीय बहसमा उनले परम्परागत कूटनीतिक औपचारिकतालाई पन्छाउँदै...
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै विश्व समुदायसामु नेपालको अधिकार र जलवायु न्यायको माग गरेका छन्। शालीन र विनम्र शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री शाहले सम्बोधन गर्दा सभाहलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर समर्थन जनाएका छन्। नेपाली...
मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ । यो प्रणाली सुरुमा बलियो न्यून...
न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे (नेपाली समयअनुसार शुक्रबार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८