नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै विश्व समुदायसामु नेपालको अधिकार र जलवायु न्यायको माग गरेका छन्। शालीन र विनम्र शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री शाहले सम्बोधन गर्दा सभाहलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर समर्थन जनाएका छन्।
नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु भएको सम्बोधनमा प्रधानमन्त्री शाहले विपद्का लागि कुनै पनि देशलाई दोष नलगाउने तर जलवायु परिवर्तनका कारण नेपालले भोगेको क्षतिबापत आफ्नो अधिकार र सहयोग पाउनुपर्ने स्पष्ट धारणा राखे। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई विभिन्न देशका प्रतिनिधिहरूले निकै चासोका साथ सुनेका थिए।
प्रधानमन्त्री शाहले भोटेकोशी विपद् सम्पूर्ण विश्वका लागि खतराको घन्टी भएको बताउँदै नेपालले मागेको जलवायु न्याय राष्ट्रसंघका दस्तावेजमा मात्रै सीमित हुन नहुनेमा जोड दिए। सम्बोधनका क्रममा उनले फागुन २१ मा सम्पन्न निर्वाचन इतिहासमै शान्तिपूर्ण र निष्पक्ष भएको उल्लेख समेत गरे।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८