• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

मुग्लिन नारायणगढ सडक खण्डमा सवारी आवागमन रोकियो

  • खबरदाता

मुग्लिन नारायणगढ सडक खण्डमा सवारी आवागमन रोकियो

नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक खण्ड बन्द हुने जनाएको हो ।

बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको सूचनामा उल्लेख छ ।

सोहीकारण, अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द रहने जानकारी दिइएको छ ।

  • प्रकाशित मिति : असोज ९, २०८३, शुक्रवार ०८:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८