जिल्ला सुरक्षा समितिले चितवनमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म निषेधाज्ञा र बेलुकी ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको...
नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थपेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपिएको सेनाले जनाएको छ । ूपछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी...
नेपाल प्रहरीले ‘जेनजी’ आन्दोलनको क्रममा प्रहरी कार्यालय र कारागार तोडफोड तथा आगजनी गरेर फरार कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । हिरासतमा रहेका र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न बाँकी कैदीहरू कारागारबाट भागेका थिए । प्रहरीले त्यस्ता अभियुक्त र कैदीबन्दीहरूलाई...
ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो । उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ...
रामेछाप– जिल्ला कारागार रामेछापमा कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपमा तीनजना बन्दीको मृत्यु भएको छ । आज बिहान कारागार तोडेर भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको बताइएको छ । घटनामा १३ जना घाइते भएको जनाइएको छ । उनीहरुको जिल्ला...
नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ । बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत...
मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको छ ।बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभरी कर्फ्यु आदेश जारी...
सुनधारास्थित कारागारबाट ३ हजार बढी कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा रहेको बताइएको छ। उनीहरू गए राति नै भागेका हुन्। भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका...
बुधबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट केही कैदीबन्दी भाग्ने प्रयास गरे । जेलमा आगो लागेको बहाना गरेर कुम्लोकटुरो बोकी निस्केका उनीहरू कारागार परिसरको गेट तोड्ने कोसिसमा थिए । तर, गेटबाहिर नेपाली सेना पुगिसकेकाले भाग्न भने पाएनन् । प्रहरीलाई कारागारभित्रैबाट ढुंगा हानिरहेका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८