• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कारागारबाट निस्कन चाहेनन् दीपक मनाङे

  • खबरदाता

कारागारबाट निस्कन चाहेनन् दीपक मनाङे

बुधबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट केही कैदीबन्दी भाग्ने प्रयास गरे । जेलमा आगो लागेको बहाना गरेर कुम्लोकटुरो बोकी निस्केका उनीहरू कारागार परिसरको गेट तोड्ने कोसिसमा थिए । तर, गेटबाहिर नेपाली सेना पुगिसकेकाले भाग्न भने पाएनन् ।

प्रहरीलाई कारागारभित्रैबाट ढुंगा हानिरहेका कैदीहरू सेनाले पोजिसन लिएपछि रोकिए । यद्यपि, गेट तोडेर बाहिर निस्केकाहरूलाई पछि सेनाले नियन्त्रणमा लियो ।

यही कारागारमा रहेका गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भने भाग्ने प्रयास गरेको समूहमा कतै देखिएनन् ।

खासमा उनलाई जहाँ राखिएको थियो, त्यहीँ बसिरहेका थिए । केही कैदीले उनलाई देशको माहोल फेरिएको, कारागारमा आगो लागेकाले बाहिर निस्कने मौकाको फाइदा उठाउन भनेका थिए । तर, उनी ‘जान्नँ, तिमेरु जाओ’भनेर निस्कन नमानेको सेनाको नियन्त्रणमा परेका एक कैदीले बताए ।

उनका अनुसार, मनाङले आफू भाग्न नभएर सजाय काट्न आएको प्रतिक्रिया दिएका थिए ।

  • प्रकाशित मिति : भदौ २५, २०८२, बुधवार १४:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८