• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026
वीरगञ्ज कारागारका एक कैदीको मृत्यु, आफन्तले गरे प्रदर्शन
  • रासस

वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पुर्‍याएको...

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
  • खबरदाता

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेन्ड रहेको सशस्त्र...

रविजीको कोठामा पंखा छ, झ्याल थुनिएको छ,एसी छैन : मानवअधिकार आयोग
  • खबरदाता

राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन् । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरे । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु...

खरिदारले चलाउदै आएको कैलाली कारागारको जिम्मेवारी भुसाललाई
  • खबरदाता

धनगढी । कैलाली कारागारको जिम्मेवारी जालन्धर भुसालले पाएका छन् । १ जनाको मृत्यु तथा तीन दर्जन भन्दा बढी घाइते हुनेगरि झडप हुँदा कैलाली जिल्ला कारागारमा प्रमुख थिएनन् । अधिकृतको दरबन्दी रहेको कारागार खरिदारले चलाइरहेका थिए । अधिकृत वसन्त खत्री झन्डै...

सशस्त्रको ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना
  • रासस

सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो । विपद्मा नागरिकको उद्धार तथा सहयोगका लागि...

ब्रोकर नम्बर २२ का महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ
  • खबरदाता

११ करोड ५५ लाख ठगी गरेको आरोपमा शेयर कारोबारी जयन्त श्रीवास्तव पक्राउ परेका छन्। ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तवसहित ४ जनाविरुद्ध ठगीको उजुरी परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता मोहनमणि अधिकारीका अनुसार जयन्त विरुद्ध प्रहरीमा उजुरी...

सशस्त्र प्रहरीमा ७७ अधिकृतको बढुवा सिफारिस
  • खबरदाता

सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा एक र...

सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक, १९ वटा ढोका खुला
  • खबरदाता

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा राति ८...

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश
  • खबरदाता

उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८