नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको...
मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो। ‘मन्त्रीजीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ,’ सुरक्षा निकाय उच्च स्रोतले सेतोपाटीसँग भन्यो। नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा...
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ। मंगलबार बिहान ५ बजे सकिएको कर्फ्यूको समय बिहान ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बढाएको हो। यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ बजेसम्म थप...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।ललितपुर महानगरपालिका, वडा नं. २, ४, ९, १८ र २५ भित्रका...
झापा – जिल्ला प्रशासन कार्यालय, झापाले आज राति ८:३० बजेदेखि भोलि बिहान १०:०० बजेसम्म विर्तामोड नगरपालिकाका चार किल्ला तोकी सो सीमाभित्र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जारी गरेको आदेशअनुसार कर्फ्यु लागेको समयमा आवतजावत, सभा, जुलुस,...
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। ‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले भने। जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा...
काठमाडौँको बानेश्वरमा प्रदर्शनमा उत्रिएका एक जेनजीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालका मेडिकल डारेक्टर दीपक पौडेलले नेपालखबरलाई जानकारी दिए। उनको परिचय खुलिसकेको छैन। सीभील अस्पतालमा १०० भन्दा धेरै...
बानेश्वर क्षेत्रमा भएको दोहोरो झडपमा दुई प्रहरीसहित केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये दुईजना प्रहरीको अवस्था पनि गम्भीर...
प्रदर्शनकारी जेनजीको भिड छिचोलेर जान नसकेपछि सशस्त्र प्रहरीको चारवटा गाडी थापा गाउँबाट नयाँबानेश्वरतर्फ जाने चोकमै रोकिएको छ। अहिले रोकिएको गाडीसहितका सशस्त्र प्रहरी लिन नेपाली सेनाको गाडी पुगेको छ। प्रदर्शनकारीले सशस्त्रका चारवटा गाडी घेरा हालेर रोकेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८