• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर
  • खबरदाता

विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर भएको छ । नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको छ । अहिले सुरक्षा तैनाथी बढाइएको छ । स्थिति नियन्त्रणमा...

डिल्लीबजार कारागार आगजनी गरेर भाग्ने प्रयासमा कैदी, सेनाको हस्तक्षेप
  • खबरदाता

देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर चलेसँगै काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले पनि भाग्ने प्रयास गरेका छन् । उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ । कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको...

२७ जनालाई सेनाले लियो नियन्त्रण, ३१ वटा हतियार बरामद
  • खबरदाता

नेपाली सेनाले २७ जनालाई नियन्त्रणमा लिएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहान १० बजेसम्म २७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। लुटपाट, आगजनी, विध्वंस लगायतमा संलग्न रहेको आरोप उनीहरूमाथि छ। उनीहरूबाट प्रहरीले ३१ वटा बन्दुक बरामद गरेको छ। काठमाडौंमा २३...

सेनाको गस्ती -टोलमा खोलिएका पसलहरू बन्द गर्न आग्रह
  • खबरदाता

काठमाडौँ उपत्यकासहित देशभर नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन् । सेनाको गस्ती टोलीद्वारा टोल–टोलमा खोलिएका पसलहरू पनि बन्द गर्न आग्रह गरिरहेका छन् । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको...

सेनाले लगायो निषेधाज्ञा र कर्फ्यु
  • खबरदाता

नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश...

सुरक्षाका लागि सेना परिचालन, बिहानैदेखि सडकमा माइकिङ गर्दै
  • खबरदाता

नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ । जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो । काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने...

लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह
  • खबरदाता

आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् । आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौं र भक्तपुरका विभिन्न स्थान राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटेल हायातबाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका हुन् । लुटपाट, आगजनी र जीउधनको क्षति...

नेपाली सेनाले भन्यो– गतिविधि नरोकिए १० बजेदेखि स्थिति नियन्त्रण गर्नेछौँ
  • खबरदाता

नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ । सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ– यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण...

आन्दोलनरत समूहलाई वार्तामा बस्न सेनाको आग्रह
  • खबरदाता

प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका छन् । उनले एक भिडियो सन्देशमा जारी गर्दै यस्तो वार्ताका लागि अनुरोध गरेका हुन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८