• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नेपालमा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

  • खबरदाता

नेपालमा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

 

मंसिर २०,२०७८

नेपालमा पनि ओमिक्रोनको संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ। यस सम्बन्धमा सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले जानकारि गराएको हो।

दक्षिण अफ्रिकाबाट आएका ६६ बर्षका एक र उनको सम्पर्कमा आएका ७१ बर्षका अर्का एक जनामा संक्रमण पुष्टि भएको हो।

ती दुबैजनाले खोपको पुर्ण मात्रा लगाएको र नेपाल प्रवेश गर्दा पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।

छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका २१ संक्रमित फेला परेका छन।

  • प्रकाशित मिति : मंसिर २०, २०७८, सोमवार ०८:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८