• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

  • खबरदाता

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

वैशाख १४, २०८१, शुक्रवार

 

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४ गते दोस्रो चरणको मतदान हुँदैछ ।

पहिलो चरणको मतदान बैशाख ७ गते २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा भएको थियो । भारतमा अहिले अत्यधिक गर्मी छ । कतिपय राज्यउमा लु चलिरहेको छ ।

दोस्रो चरणमा १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यसमा केरलाका २०, कर्नाटकका १४, राजस्थानका १३ र उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

त्यसैगरी महाराष्ट्रका ८, मध्यप्रदेशका ६ र बिहार तथा आसाममा ५-५ सीटमा आज मतदान हुनेछ । छत्तीसगठ र पश्चिम बंगालका ३-३ सिटमा आज मतदान हुनेछ । जम्मु कस्मिर र त्रिपुराका एक(एक सिटमा दोस्रो चरणको मतदान हुँदैछ ।

बैशाख ७ देखि सुरु भएको भारतीय लोकसभाको चुनाव ७ चरणमा सकिने छ ।

  • प्रकाशित मिति : वैशाख १४, २०८१, शुक्रवार ०७:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८