चैत ९, २०८०, शुक्रवार
नयाँदिल्ली (भारत)का मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई त्यहाँको अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी)ले गिरफ्तार गरेको छ । बिहीबार मुख्यमन्त्री निवासबाट केजरीवाललाई पक्राउ गरिएको हो । पक्राउ परेका केजरीवाललाई आज शुक्रबार नै पीएमएलए अदालतमा पेश गरिन लागिएको पीटीआईले जनाएको छ ।
मदिरा नीति हेरफेर मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो । स्रोतहरूका अनुसार टोलीले उनको निवासमा खोजतलास गरेको थियो ।
दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि उनको निवास पुगेको बताइएको छ । आपका कार्यकर्ताहरूले मुख्यमन्त्री केजरीवालको निवासबाहिर भेला भइ गिरफ्तरीविरुद्ध प्रदर्शन गरेका छन् ।
भारतको इतिहासमै बहालवाला मुख्यमन्त्री कुनै अभियोगमा पक्राउ परेको यो नै पहिलो सन्दर्भ रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८