• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

खैरो हेरोइन कारोबार मुद्दामा एन्फा उपाध्यक्ष लामा पक्राउ

  • खबरदाता

खैरो हेरोइन कारोबार मुद्दामा एन्फा उपाध्यक्ष लामा पक्राउ

वैशाख ५, २०८१, बुधवार

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उच्च अदालत, पाटनले लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा पाँच वर्षको कैद सजाय तोकेयता दावा फरार थिए।

उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ।

उनी एन्फा छिर्नुअगाडि नै फरार सूचीमा थिए।

दावालाई तत्कालीन पुनरावेदन अदालत, पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएपनि कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए।

  • प्रकाशित मिति : वैशाख ५, २०८१, बुधवार १२:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८