• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

क्यान्सर अस्पताल नै क्यान्सर ग्रस्त


क्यान्सर अस्पताल नै क्यान्सर ग्रस्त
अस्पताललाई नै केमो चडाउनु पर्ने जनगुनासो

माघ–१२, २०८०/ टिकादत्त तिमिल्सिना

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल अहिले सम्म आईपुग्दा समेत उपचारको क्रममा रहेको छ । आज भएको सार्वजनिक सुनुवाईमा जन गुनासोको भोटिङको आधारमा समेत यो प्रमाणित भएको हो ।

क्यान्सर अस्पतालमा भएको सार्वजनिक सुनुवाईमा प्रगति भन्दा दुर्गती बढी भएको भन्ने जन गुनासो अत्यधिक मात्रामा आएको थियो । पिडितहरुको गुनासाहरु यति भएकी जसले गर्दा त्यहा भएका प्रगतीको कुरा नै आउन सकेन । ति मध्ये केहि गुनासाहरु अस्पतालले छिट्टै समाधान गरोस भनि केहि टिपोट गरि बुदागत प्रस्तुत गरिएको छ ।

१. अस्पतालले मेशिन राम्रो हुदा समेत बिग्रिएको भन्दै बिरामीलाई अनेन्त्र पठाउने गरेको ।
२. विपन्न तथा विमाबाट औषधी पाईन्छ भनि घण्टौ लाईन बस्दा २/४ वटा सिरिन्ज मात्र पाईने र बा“की सबै औषधी बाहिर किन्नुपर्ने बाध्यता ।
३. डाक्टरहरु सरकारी भन्दा प्राइभेटमा नै बढी जम्ने गरेको ।
४. पेट स्कान भन्ने मेशिन करिब १ वर्ष अगाडि देखि फिट हु“दैछ भन्दा भन्दै वषौ बितदा समेत कार्वान्यनमा नआएको । जसले गर्दा विरामीले मह“गो शुल्क तिरेर कि पुर्वाञ्चल त कि काठमाडौमा जानुपर्ने बाध्यता ।
५. प्रायः डाक्टरहरुले विरामीलाई छिटो हुन्छ प्राईभेटमा आउनु भनि ठेगाना दिने गरेको ।
६. बायोप्सी गरेपछिको रिर्पोट ४५ दिनदेखि २ महिना लाग्छ भन्ने र पहु“च हुनेले २१ दिनको दिनमा समेत लाने गरेको ।
७. त्यहा“का कर्मचारी स्टाफहरुले रुखो बचन बोल्ने गरेको र विरामीको आफन्तहरु स्टाफहरुस“ग बोल्न डराउनु पर्ने बाध्यता ।
८. केहि कर्मचारीको घर अस्पताल आसपास हु“दा समेत आफ्नो घर भाडामा लगाई क्वाटरमा बस्ने गरेको र टाडाबाट आउने कर्मचारीलाई समस्या ।
९. सिनियर स्टाफहरुलाई प्रमोशन नगरी राजनैतिक पहु“चको आधारमा जुनियर स्टाफलाई प्रमोशन हुने गेरको लगायत यस्ता अनेकौ प्रकारका समस्या ज्यु का त्यु छन् ।

अस्पतालमा कार्यरत कर्मचारी तथा डाकटर सबैलाई अवगत नै भएको कुरा हो उपचार ढिलो हुँदा शरीरका अन्य भागमा क्यान्सर फैलिन सक्छ । उपचारमा जटिलता पैदा हुन्छ ।’ बायोप्सी रिपोर्टकै आधारमा केमो दिने, अझै ठूलो अप्रेसन गर्ने वा सेकाइ गर्ने भनेर निक्र्याेल गरिन्छ ।
बिरामीलाई कसरी हुन्छ सहज रुपमा, सस्तो दरमा छिटोछरितो र भरपर्दाे सेवा दिने भन्दा यस अस्पताल व्यवस्थापनका मान्छेहरु कसरी हुन्छ तलब–भत्ता धेरै बुझ्ने र अस्पतालमा बसेर राजनीति गर्नेतिर बढी केन्द्रित रहने गरेका छन् ।

उता अप्रेसन गर्ने भनेर भर्ना गरिएका बिरामीलाईसमेत सर्जन र एनेस्थेटिस्टले अप्रेसन थियटरमा लगेर विभिन्न बहानामा भनौ वा तपाईको प्रेशर हाई छ भन्दै समेत अप्रेसन क्यान्सिल गर्ने गरेको गुनासो प्रयाप्त सुन्न पाईन्छ । अप्रेसन क्यान्सिल भएपछि बाध्य भएर बिरामीहरु प्राइभेटमा अप्रेसन गर्न जाने तथा कतिपय डाक्टरले त यहाँ ढिलो हुन्छ भन्दै प्राइभेट अस्पतालको नाम दिएर बिरामीलाई उतै बोलाउने गरेको समेत बताउँछन् । त्यसो त औषधि किन्न समेत बाहिर रहेका मेडिकलको नामै तोकेर पठाउने गरेको पाइएको छ ।

समग्रमा प्रशासनले सार्वजनिक सुनुवाई गर्दै समस्या समाधान गर्ने हो भने त ठिकै हो नत्र प्रगतीको कुरा गर्नलाई त्यो सबैगर्नु गलत हो प्रशासनले यि सबै कुराको मनन गर्दै विरामीलाई जति सक्दो प्रभावकारी सेवा दिन तल्लिन होस । अस्पताललाई राजनैतीक र भष्ट्रचारबाट अलग्गै राख्दै अस्पताललाई छिटो भन्दा छिटो केमो चढाई र सेकाई गर्नुपर्नै बाध्यता नबनाईयोस र क्यान्सरमा क्यान्सर भन्ने शब्द नै जन गुनासो माझ नआओस । यहि नै शुभ कामना ।

  • प्रकाशित मिति : माघ १२, २०८०, शुक्रवार १७:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८