• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

भरतपुरका दुई स्थानमा हतियार प्रहार, दुइजना घाईते

  • खबरदाता

भरतपुरका दुई स्थानमा हतियार प्रहार, दुइजना घाईते

वैशाख १, २०८१, शनिवार

भरतपुर – हतियार प्रहारबाट भरतपुरमा २ जना घाइते भएका छन।

घाइते हुनेहरुमा भरतपुर- ११ बसेनी  बस्ने बर्ष २४ को किरण ढकाल र भरतपुर- ११ नौरंगे बस्ने बर्ष ३५ को युग कुमार गुरुङ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गए राती (सनिवार) अन्दाजी ३ः२० बजेको समयमा नारायणी नदि किनारमा ४ जनाको आज्ञात समूहले ढकाललाई धारिलो हतियार प्रहार गरेको थियो।

यस्तै गुरुङलाई सोही राती अन्दाजी २स्४५ बजे भरतपुरको दिपेन्द्र चोकमा भरतपुर ३ बस्ने राजु तामाङ र भरतपुर ११ बस्ने समीर गुरुङले हतियार प्रहार गरेको भनाइ छ।

घाइते दुबैजनाको खतरामुक्त अबस्थामा नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : वैशाख १, २०८१, शनिवार १३:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८