• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

गामबेशी चेपाङ केन्द्रमा लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीको सहयोग

  • खबरदाता

गामबेशी चेपाङ केन्द्रमा लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीको सहयोग

माघ -६,२०८०

चितवन -लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीले गामबेशी चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरेको छ।

जिल्लाको रत्ननगरमा रहेको चेपाङ बालबालिकाहरु आश्रित उक्त संरक्षण केन्द्रलाई एक महिनाको लागि पुग्ने खाध्यान्न र शैक्षिक सामाग्री सहयोग गरिएको हो।

चामल, दाल, तेल, साबुन, सरफ, सेम्पु लगायतका एक महिनालाई पुग्ने सामाग्रीहरु उपलब्ध भएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिए।

लायन्स क्लव अफ काठमाडौं साझा फुलवारी र कामना ईन्टरनेशनल कलेजको सहकार्यमा उक्त खाद्यान्न तथा स्टेसनरी वितरण गरिएको हो।

शिक्षामा सहयोग भन्ने लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम तथा डिष्ट्रिक्ट गभर्नरको मुल नारा अनुसार लायन्स क्लव अफ काठमाडौं साझा फुलवारीले खाद्यान्न तथा स्टेशनरी वितरण गरेको छ। क्लवका अध्यक्ष कमल बहादुर खत्री, डिष्ट्रिक चिफ अफ एओजी हरिचन्द्र तिवारी, कामना फाउन्डेसनका अध्यक्ष तथा क्लवका पुर्व अध्यक्ष ईश्वर अर्याल, जोन चेयर पर्सन गणेश प्रसाद पन्त, समाजसेवी ध्रुव खनाल तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्माको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

क्लब साझा फुलवारी र कामना स्कुल परिवारलाई धेरै धेरै धन्यवाद दिदै केन्द्रका अध्यक्ष शर्माले आफु र यस केन्द्र परिवार यस महान कार्यबाट निक्कै प्रभावित भएको वताए । कार्यक्रममा क्लव अध्यक्ष कमल वहादुर खत्रीले यस्तो पवित्र कार्यका लागि चेपाङग संरक्षण केन्द्रका संरक्षक शर्माको प्रशंसा समेत गरेका थिए।

कामना फाउन्डेसनका अध्यक्ष तथा असिस्टेन्स चिफ एडभाईजर ईश्वर अर्यालले यस पवित्र र महान कार्यमा हातेमालो गर्न पाएकोमा निक्कै गौरवान्वित भएको बताए।
उक्त केन्द्रमा करिब १५० चेपाङ बालबालिका रहेका छन।

  • प्रकाशित मिति : माघ ६, २०८०, शनिवार १६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८