• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

भारतमा एकै दिन ३ लाख १५ हजार संक्रमित थपिए

  • खबरदाता

भारतमा एकै दिन ३ लाख १५ हजार संक्रमित थपिए

बैशाख ९ , २०७८

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख १५ हजार ९२५ जनाका संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ पुगेको छ। भारतमा अहिलेसम्म १ करोड ५९ लाख २४ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

यो संसारभर अहिलेसम्म दैनिक पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी हो। भारतमा पनि पहिलो पटक ३ लाख संक्रमित पुगेका हुन। यस अघि अमेरिकामा एकै दिन ३ लाख ७ हजार ५८१ संक्रमित पुष्टि भएका थिए।

भारतमा १७ दिनमा १ लाखबाट ३ लाख संक्रमित पुगेका हुन्। ४ अप्रिलमा १ लाख संक्रमित देखिएका थिए।

त्यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा २ हजार १०२ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ। अझै ८ हजार ९४४ जना गम्भीर रहेका छन्।

भारतमा दैनिक थपिने संक्रमितको संख्या सबैभन्दा बढी नेपालसँग जोडिएको उत्तर प्रदेशमा रहेको छ। पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा ३३ हजार २१४ संक्रमित थपिएका छन्।

नेपालसँग जोडिएका अन्य राज्यमा पनि संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टामा बिहारमा १२ हजार २२२, पश्चिम बंगालमा १० हजार ७८४ र उत्तराखण्डमा ४ हजार ८०७ संक्रमित थपिएका छन्।

  • प्रकाशित मिति : वैशाख ९, २०७८, बिहीवार ०२:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८