• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

फेसबुक अवरुद्धबारे के भन्छ मेटा ?

  • खबरदाता

फेसबुक अवरुद्धबारे के भन्छ मेटा ?

फागुन २३, २०८०

काठमाडौं । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार फेसबुकमा करिब दुई घण्टा समस्या देखिएको थियो । विश्वभरका प्रयोगकर्ताको गुनासोपछि मेटाले फेसबुकसहितका प्लेटफर्ममा देखिएको प्राविधिक समस्याको समाधान गरिएको बताएको छ ।

मेटाका प्रवक्ता यान्डी स्टोनले एक्समा भनेका छन्, ‘आज केहीबेर प्राविधिक समस्याका कारण हाम्रा केही सेवामा प्रयोगकर्ताहरूले पहुँच पाउन सकेका थिएनन् । हामीले जतिसक्तो चाँडो समस्याको समाधान गरिसकेका छौँ । पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’

उनले प्राविधिक समस्या के कारण देखियो भन्नेबारे खुलाएका छन् ।

अहिले धेरै प्रयोकर्ताहरूको फेसबुक खुलिसकेको छ । तर, केही प्रयोगकर्ताहरूले अझै आफूहरूले समस्या भोगिरहेको गुनासो गरेका छन्

नेपाली समयअनुसार राति ९ बजेतिर फेसबुकमा अचानक समस्या देखिएको थियो । त्यसपछि विश्वभरका लाखौँ प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा फेसबुक अवरुद्ध भएको गुनासो गरेका थिए ।

कतिपयले ह्वाट्सएप र थ्रेडमा समेत समस्या भोगिरहेको गुनासो गरेका थिए । यी दुवै मेटाबाट सञ्चालित छन् ।

मेटाले आफ्ना एपहरूमा प्रत्येक महिना करिब चार अर्ब प्रयोगर्कताका लागि होस्ट गर्छ ।

फेसबुकले काम गर्न छाडेपछि अधिकांश प्रयोगकर्ताहरू ट्विटरतर्फ लागेका थिए ।

  • प्रकाशित मिति : फागुन २३, २०८०, बुधवार ०७:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८