• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख

  • खबरदाता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख

काठमाडौं– संसद्‌मा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् । शनिवार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल रहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीले छलफलका लागि बालुवाटारमा बोलाएकोले देउवासँग पनि छलफल हुनसक्ने अधिकारीले बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । शुक्रबारका लागि बोलाइएको बैठक पनि दलहरूबिच सहमति जुट्न नसक्दा आइतबार बिहान ११ बजेका लागि सारिएको छ ।

  • प्रकाशित मिति : जेठ ५, २०८१, शनिवार १५:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८