• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

  • खबरदाता

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारको ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

धनुषाको शहिदनगर नगरपालिका– ८ का बासिन्दा ३२ वर्षीय रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत थिए ।

मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरस्थित सीता अस्पतालमा उपचार भइरहेको छ ।

कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ ५, २०८१, शनिवार ११:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८