• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

स्व. विजय खड्गी स्मृति गोल्डकप फुटवल प्रतियोगिता हुँदै

  • खबरदाता

स्व. विजय खड्गी स्मृति गोल्डकप फुटवल प्रतियोगिता हुँदै

चैत्र ११,२०७७

चितवन । चितवनमा  बिहीवार देखि स्व।विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुदैछ ।

चितवन जिल्ला फुटवल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन।

चैत २१ गतेसम्म चल्ने प्रतियोगितामा १० वटा टिमको सहभागीता रहनेछ । आयोजकका अनुसार चितवनबाट सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र हानामी एभरेष्ट क्लवले सहभागीता जनाउने छन् ।

यस्तै अन्य क्लवहरुमा नुवाकोट युनाइटेड, त्रिभुवन आर्मी क्लव, फर्साटीकर फुटवल क्लव, मकवानपुर ११,लेखनाथ युनाइटेड कास्की ,वागमती युवा क्लव सर्लाही, क्यामरुनको अप्रिकन रुट्स एशोसियसन र अभिषेक चर्च रहजरवीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता हेर्नका लागि क्वाटर फाइनल सम्मका लागि रु ५० र सेमिफाइन र फाइनल खेलको लागि रु १०० को टिकट कायम गरिएको छ । दर्शकका लागि प्याराफिटको समेत निर्माण गरिएको छ ।

सेन्ट्रल कलेज मुख्य प्रायोजक रहेको प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीहरु नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा विजयी हुनेले रु. ३ लाख र उपविजेताले रु.१ लाख ५० हजार नगद पुरस्कार पाउने मिडिया कोअर्डिनेटर रामहरी ढकालले जानकारी दिनुभयो ।

  • प्रकाशित मिति : चैत ११, २०७७, बुधवार १४:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८