• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

  • खबरदाता

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

वैशाख १५, २०८१, शनिवार

 

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य ‘गोलकोत’ कोतघरलाई नेपाली सेनाले जिर्णोद्धार तथा मर्मत सम्भार गर्ने भएको छ । जिर्णोद्धारको काम वैशाख अन्तिम साता देखि सुरु हुनेछ ।

कोतघरमा रहेका पुराना हात हतियारको संरक्षणसँगै कोतघरको सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न कोतघर जिर्णोद्धार गर्न लागिएको गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिए ।

नेपाली सेना तथा स्थानीय जनश्रमदान गरी करिब १५ लाख रुपैयाँको लागतमा कोतघरको जिर्णोद्वार गरिने छ ।

पुरानो कोत घर जीर्ण बन्दै गएकोले कोतघरको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यले जिर्णोद्धार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए ।

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) जनहित कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक इस्टमेट अनुसार जिर्णोद्धार कार्य गरिने श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिए ।

कोतघरमा जिर्णोद्धार तथा मर्मत सम्भार गर्नका लागि आवश्यक पर्ने सामाग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समिति सँग आवश्यक समन्वय गरिने श्री मेहर गण बागलुङका क्याप्टेन दुर्गा बहादुर थापाले बताए ।

कोतघरमा हतियारका साथै बाईसे–चौबिसे राज्य हुँदाको बखत पुर्खाले लड्दाका बेला प्रयोग भएका सामग्री राखिने छ ।

  • प्रकाशित मिति : वैशाख १५, २०८१, शनिवार ०७:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८