• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

सातौँ कृषि गणना २०७८ मा हुने


सातौँ कृषि गणना २०७८ मा हुने

कृषि प्रधानदेशमा प्रत्येक क्षण कृषकका समस्याहरु तथा अभिलेखहरु तयार गरिनुपर्ने अवस्थामा १० /१० वर्षमा गरिने कृषि गणनाले कृषकलाई कति फाइदा पुग्ला ?

केपी शर्मा-माघ १४,२०७७
चितवन । अव हुने सातौँ कृषि गणना २०७८ मा हुने भएको छ । विस २०१८ सालदेखि प्रत्येक १० वर्षमा हुँदै आएको कृषि गणना आउँदो वर्ष २०७८ को पुस महिना देखि सुरु हुने तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिए ।

देशमा तीन तहको सरकार बनेपछि तीनै तहलाई आवश्यक पर्ने कृषि सम्बन्धी सम्पूर्ण तथ्याङ्कहरु उपलब्ध गराउने उद्देश्यले यो गणना गर्न लागिएको हो ।

विश्व खाद्य तथा कृषि संगठन विकास एवम प्रवद्र्धन गरेको डब्लुसीए २०२० को मार्गदर्शनमा रहेर उक्त गणना कार्य गरिनेछ । सो गणना कार्यमा संरचनागत तथ्याङ्क, अस्थायी स्थायी वाली लागेको जग्गाको क्षेत्रफल, कित्ता संख्या, जग्गाको उपयोग, सिँचाईको अवस्था, मदखाद, वीउविजन, पशुपंन्छीको संख्या लगायतका कृषिमा आधारित सम्पूर्णलाई समेटेर गणना गरिने भएको हो ।

यो पटक हुने गणनामा महिलाको नाममा रहेको जग्गा, कृषि वीमा तथा सरकारी अनुदान, जलवायू परिवर्तनले कृषिमा पारेको असर, वालीमा विषादीको प्रयोग, कृषिकार्यबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन, सरकारी सेवा सुविधामा कृषकको पहुँच वृद्धि आदिलाई लक्षित गरी प्रश्नावलीहरु तयार गरिएको छ । यस पटक कागजी प्रश्नावलीसँगै ट्याव्लेटमा समेत गणना गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।

No description available.

 

२०७८ मा हुने गणनामा तीन तरिकाले सोधिने प्रश्नावलीहरु तयार भएका छन् । जसमा कृषिक परिवार सूचीकरण, कृषक परिवार प्रश्नावली र सामुदायिक प्रश्नावली रहनेछन् ।

२०६८ मा गरिएको छैठौँ कृषि गणनामा १३ लाख कृषकहरुलाइ सूचीकरण गरिएकोमा आउँदो सातौँ गणनामा त्यो सख्यालाई २५ लाख पुर्याइनेछ । १ लाख २५ हजार कृषकसँग अन्तरवार्ता गरिएकोमा अव हुने गणनामा सो सख्या समेत बढाएर ३ लाख २५ हजार पुर्याइनेछ । त्यसरी प्राप्त हुने विवरण पहिलेका गणनाहरुमा जिल्लागत मात्रै हुन्थ्यो भने यस पटक स्थानीय तह अनुसारनै विवरणहरु सार्वजनिक गरिनेछ ।

देशका ७७ वटै जिल्लामा हुने कृषि गणना पहाड र तराईमा २०७८ सालको पुस देखि फागुनसम्म हुनेछ भने हिमाली क्षेत्रमा भने २०७९ सालको वैशाख देखि असारसम्मलाई गणनाको अवधि तोकिएको छ ।

७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना हुनेछ भने देशभरीमा कम्तिमा १ हजार ५ सय जना सुपरीवेक्षक रहने छन् । यस्तै गणक ६ हजारको संख्यामा राखिने र उनीहरुले कृषकको वारीमानै पुगेर कृषि सम्वन्धी सम्पूर्ण यथार्थ विवरणहरु अभिलेख गर्नेछन् ।

सोही बारेमा जानकारी दिने उद्देश्यले तथ्याङ्क कार्यालय चितवनले आज जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले कृषिमा देखिएका समस्या र तीनलाई कुनै हालतमा पनि यो गणनाले समेट्नुपर्नेमा जोड दिएका थिए । साथै विषयगत सरकारी कार्यालयहरुले यो कार्यक्रममा सहकार्य गरेर जान पनि भनेका थिए ।

No description available.

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले गणक र सुपरीवेक्षक छनौटमा ध्यान दिन आग्रह गर्दै वास्तविक तथ्याङ्क आउने गरी स्थानीय कृषकहरुले बोल्ने वातावरण वन्नुपर्नेमा जोड दिए । त्यसो गरिए वास्तविक तथ्याङ्क आउने र त्यसले नीति, योजना, कार्यक्रम र बजेट निर्माण गर्न सहयोग पुग्ने भन्दै जनप्रतिनिधिबाट पूर्ण सहयोग रहने उनले बताए ।

गोष्ठीमा राखिएका जिज्ञासाहरुको सहजीकरण तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले गरेका थिए । उनले सवैका सल्लाह सुझावलाई पनि अव हुने गणनामा सकेसम्म समावेश गर्नेगरी केन्द्रलाई सुझाव पठाउने बताए ।

  • प्रकाशित मिति : माघ १४, २०७७, बुधवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८