• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा बाघले पुन एक जना खायो

  • संबाददाता

चितवनमा बाघले पुन एक जना खायो

आश्विन–१२,२०७७

चितवन । चितवनमा फेरि बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ ।

विहान करिव ९ बजेको समयमा घाँस काट्न गएका कुमरोज सामुदायीक बनमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्यवहादुर थापाले जानकारी दिए । मृत्यु हुनेमा रत्ननगर नगरपालिका ६ बछौली बस्ने बर्ष अन्दाजी ५६ का बभना चौधरी रहेका छन् ।

घाँस काट्न गएकोमा बाघले आक्रमण गरी जंगल तर्फ लगेको भन्ने सूचना पाएपछि खोजी गर्दा सोही स्थानको घाँसे मैदानमा फेला परेको प्रवक्ता थापाले बताए ।

यस अघि असोज १० गते घाँस काट्न गएका भरतपुर १३ का ६३ वर्षीय पुरुषलाई बाघले मारेको थियो ।

आक्रमणपछि शव समेत नछाडेपछि डार्ट गरेर आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको थियो । उक्त बाघलाई निकुञ्जको कार्यालय कसरामा राखिएको छ ।

  • प्रकाशित मिति : असोज १२, २०७७, सोमवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८