• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

अपाङ्गता र अशक्तता व्यक्तिलाई घरमै कोभिड खोप

  • खबरदाता

अपाङ्गता र अशक्तता व्यक्तिलाई घरमै कोभिड खोप

असोज ८, २०७९

 

तनहुँको म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रबार आफ्नै घरमा कोभिडबिरुद्वको खोप लगाउन पाउँदा खुशीले गदगद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए ।

गाँउपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा पुगेर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देबासी खुशी भएका हुन् । सारुले जस्तै २८ बर्षीय कृष्णबहादुर थापा, सोही ठाउँ बस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ बर्षीय नारायणबहादुर हुन्चिङ्गलगायत घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि राहतको महसुस गरेका छन् ।

स्पाईनल ईन्जुरीका कारण पूर्णरुपमा शारिरिक अपाङ्ग भई ओछयानमा रहेका २९ वर्षिय नारायणबहादुर हुच्चिङ्गले कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुशी हुँदै समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । अपाङ्गताहरु वडा र पालिकामा आउन नसक्ने र घुम्ति शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले निजहरुको घर घरमा नै गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

एकीकृत घुम्ती सेवा मार्फत घर घर टोल टोलमा पुगेर सेवा दिदाँ म्याग्देबासीमा खुशी छाएको उनले बताए । चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हुँदा कोभिड- १९ विरुद्ध बयस्क फाईजर खोप दुई सय सरसठ्ठी जनाले लगाएकामा सत्र जनाले पहिलो मात्रा, अठ्ठार जनाले दोश्रो मात्रा र दुई सय ३२ जनाले तेश्रो(बुष्टर मात्रा खोप सेवा पाएको स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए ।

वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही समेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भैसकेको छ ।
उक्त शिविर असोज २ देखि २०७९ असोज ३१ गते सम्म चल्ने सो गाउँपालिका कार्यालयले जनाएको छ ।

 

  • प्रकाशित मिति : असोज ८, २०७९, शनिवार ०७:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८