करिब दुई केजी सुनसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
आज बिहान १ः२५ बजे हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजबाट एक १ केजी ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक जियानहुवा वाङ पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
५८ वर्षीय हुवाङलाई उनको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो । उनले मलद्वारभित्र प्लास्टिकले बेरी लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
वाङलाई कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८