• मंसिर ११, २०८३, शुक्रवार Friday, 27 November, 2026

पूर्वमुख्यसचिव अर्याललाई हिरासतमा राख्न चार दिन म्याद थप

  • खबरदाता

पूर्वमुख्यसचिव अर्याललाई हिरासतमा राख्न चार दिन म्याद थप

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिन म्याद थप भएको छ।

शुक्रबार जिल्ला अदालत, काठमाडौंले अर्याललाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो।

उनलाई म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनीविरुद्ध ठगी तथा संगठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

  • प्रकाशित मिति : मंसिर ११, २०८३, शुक्रवार १५:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८