• मंसिर ४, २०८३, शुक्रवार Friday, 20 November, 2026

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

  • खबरदाता

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीविरुद्ध पक्राउ पुर्जी लिएको स्रोतले जानकारी दिएको छ ।

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा उनको पनि संलग्नताको दाबी गर्दै प्रहरीले पक्राउ पुर्जी लिएको हो । प्रहरी स्रोतले दिएको जानकारीअनुसार अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसीलगायतका व्यक्ति बुधबार बेलुका पक्राउ परेका थिए । त्यसबाहेक श्रम मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् ।

  • प्रकाशित मिति : मंसिर ३, २०८३, बिहीवार १५:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८