नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावित भएका ८८ जनाको हवाई उद्धार गरेको छ। सेनाले रसुवा र नुवाकोट क्षेत्रबाट बाढीमा फसेका र घाइतेहरूको उद्धार गरेको हो। 'हामीले ८८ जनालाई हवाई उद्धार गरेका छौँ, नेपाली सेनाले सञ्चार माध्यमलाई पठाएको सन्देशमा भनिएको...
काठमाडौं — रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्। पर्यटन तथा ट्राभल...
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले बगाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ। बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ वटा शव फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका...
तिब्बत क्षेत्रमा रहेको हिमताल फुटेको कारणले रसुवा, नुवाकोटलगायतका स्थानमा बाढी आएको प्रारम्भिक अनुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी शाखाले एक सूचना जारी गर्दै नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा सतर्क रहन भनेको छ...
सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनले घाइतेको निःशुल्क...
रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । थप विवरण भने आउन बाँकी छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको...
त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित एक माध्यामिक विद्यालय नै बगाएको छ। सदरमुकाम विदुरस्थित २००० सालमा स्थापना भएको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगाएको हो। बिहानको प्रार्थना चलिरहेका बेला बाढीको सूचना पाएपछि केही शिक्षकहरु विद्यार्थी लिएर भागेको स्थानीयको भनाइ छ।...
रसुवामा आएको बाढीले धादिङस्थित मलेखु पुल बगाएको छ। मोटरेवल मलेखु पुल बगाएसँगै धादिङ र गोरखाको पूर्वपश्चिम राजमार्गसँग सम्पर्क टुटेको छ। बुधबार बिहान करिब ९ बजेतिर रसुवामा अकस्मात आएको बाढीले त्यसको तटीय क्षेत्रमा पर्ने संरचनाहरूमा क्षति गरिरहेको छ। यसअघि त्रिशुली बजार...
रसुवागढी भन्सारमा कार्यरत १४ कर्मचारी सम्पर्कविहिन भएका छन् । बुधबार बिहान भोटेकोसी नदीमा भीषण बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको सचिवालयका अनुसार, रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको थियो । तीमध्ये प्रमुख भन्सर प्रशासक राजेन्द्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८