• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026

प्रारम्भिक अनुमान– ताल फुटेको छ, अझै पूरा बाहिरिएको छैन

  • खबरदाता

प्रारम्भिक अनुमान– ताल फुटेको छ, अझै पूरा बाहिरिएको छैन

तिब्बत क्षेत्रमा रहेको हिमताल फुटेको कारणले रसुवा, नुवाकोटलगायतका स्थानमा बाढी आएको प्रारम्भिक अनुमान रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी शाखाले एक सूचना जारी गर्दै नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा सतर्क रहन भनेको छ ।

चीनबाट राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई सोही जानकारी आएको र अहिले पनि स्याटलाइट विवरण हेर्ने काम भइरहेको बाढी शाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले जानकारी दिए ।

उनका अनुसार ताल फुटेको प्रारम्भिक अनुमान गरिएको छ भने त्यहाँ रहेको पानी अझै बाहिरिन बाँकी रहेको जानकारी आएको छ ।

“दोस्रो वेभ आउन सक्ने चेतावनीसहितको एसएमएस पठाएका छौँ,” उनले भने, “स्याटलाइट डाटा प्रोसेसिङ पनि हुँदैछ ।”

  • प्रकाशित मिति : भदौ १०, २०८३, बुधवार १५:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८