त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित एक माध्यामिक विद्यालय नै बगाएको छ।
सदरमुकाम विदुरस्थित २००० सालमा स्थापना भएको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगाएको हो।
बिहानको प्रार्थना चलिरहेका बेला बाढीको सूचना पाएपछि केही शिक्षकहरु विद्यार्थी लिएर भागेको स्थानीयको भनाइ छ।
भाग्न सक्नेहरु भागेर ज्यान जोगाएको र भाग्न नसक्नेहरु बाढीमा परेको हुन सक्ने बताइएको छ। विद्यालयमा कति विद्यार्थी र कति शिक्षक उपस्थित थिए, कतिले ज्यान जोगाए भन्ने विवरण आइसकेको छैन।
विद्यालयको अवस्थाबारे प्रध्यानाध्यापक राजेन्द्र दवाडीसँग जानकारी लिन कोसिस गरे पनि उनीसँग सम्पर्क हुन सकेन।
बुधबार बिहान त्रिशुलीमा आएको भीषण बाढीले रसुवासँगै नुवाकोटको तटीय क्षेत्रलाई तहस नहस पारेको छ। बाढीले त्रिशुली बजार नै बगाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८