• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

सेनाले गर्‍यो ८८ जनाको हवाई उद्धार

  • खबरदाता

सेनाले गर्‍यो ८८ जनाको हवाई उद्धार

नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावित भएका ८८ जनाको हवाई उद्धार गरेको छ।

सेनाले रसुवा र नुवाकोट क्षेत्रबाट बाढीमा फसेका र घाइतेहरूको उद्धार गरेको हो।

‘हामीले ८८ जनालाई हवाई उद्धार गरेका छौँ, नेपाली सेनाले सञ्चार माध्यमलाई पठाएको सन्देशमा भनिएको छ।

सेनाले बाढी प्रभावित क्षेत्रमा बिहानदेखि नै हवाई उद्धार गरिरहेको छ। त्यस्तै नुवाकोटको बट्टारमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ।

साथै काठमाडौंबाट प्रभावितहरूका लागि खाद्यान्न र कपडाहरू समेत ढुवानी गरिरहेको छ।

  • प्रकाशित मिति : भदौ १०, २०८३, बुधवार १६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८