काठमाडौं — रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्।
पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त विवरणका आधारमा उक्त संख्या कायम गरिएको हो।
बेपत्ताको अवस्थाबारे सम्बन्धित एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी थप विवरण संकलन भइरहेको बोर्डले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार, सम्राट टुर्स एन्ड ट्राभल्सका ७१, ५९ 9भारतीयसहित १२ नेपाली), काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७, २ विदेशी (१ अस्ट्रेलियन, १ नेदरल्यान्ड्स र १५ नेपाली), लिफ होलिडेका ५५, (४६ भारतीयसहित ९ नेपाली), कैलाश जर्नीका ३१, (६ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, ५ नेपाली), एक्सप्लोर भ्याकेसन अफ ट्रेकर्स सोसाइटीका ९२, (७७ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, १५ नेपाली), रिक्स टिम एन्ड ट्राभल्सका १२, (८ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, ४ नेपाली), थाल टुर्स एन्ड ट्राभल्सका २७, ( विदेशी) ३ अमेरिकी र १७ मलेसियाली तथा ७ नेपाली०, हिमालयन ग्लेसियरका ५२ ९३७ एनआरआईसहित १५ नेपाली र अल्पाइन इको ट्रेकका २० जना १६ विदेशी (१२ बेलायती र ४ दक्षिण अफ्रिकी) तथा ४ नेपाली बेपत्ता सूचीमा छन्।
बोर्डले सूची प्रारम्भिक भएकाले थप प्रमाणीकरणपछि संख्या तथा विवरण परिवर्तन हुन सक्ने जनाएको छ।
घटनापछि पर्यटक तथा यात्रुलाई आवश्यक सहयोगका लागि १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ। त्यस्तै, ११४४ हटलाइन र ९८५१२८९४४५ मा पर्यटक प्रहरीसँग सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।
बोर्डले प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई नजिकको प्रहरी तथा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरसँग सम्पर्कमा रहन आग्रह गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८