• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
झापाको मनषा थाइफुड्समा लागेको आगो १२ घन्टापछि नियन्त्रणमा
  • खबरदाता

  माघ २९,२०७८ झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा लागेको आगो १२ घन्टा पछि नियन्त्रणमा आएको छ। उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो । ठुलो आगो नियन्त्रणमा आएपछि अहिले भित्री भागको आगो निभाउने काम...

चितवन भेटेरानको अध्यक्षमा रबिन्द्रकुमार श्रेष्ठ
  • खबरदाता

  माघ २९,२०७८ चितवन - चितवन भेटेरान फुटबल क्लबको अध्यक्षमा रविन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।शनिबार भरतपुर ७ स्थित कृष्णपुर रंगशालामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अघिल्लो कार्यकाल पनि श्रेष्ठनै अध्यक्ष थिए।...

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल
  • रासस

  माघ २९,२०७८ नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान
  • रासस

  माघ २९, २०७८ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।   निगमको वाइडबडी ए–३३० जहाजले...

अन्य देशको सहयोग र एमसिसि एउटै हो : डा. महत
  • रासस

  माघ २९,२०७८ चितवन नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए । अन्य देशको...

हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • रासस

  माघ २९,२०७८ पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको...

एमसीसीमा देउवाको मरिहत्ते किन ?
  • खबरदाता

माघ २९,२०७८ अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड अमेरिकी डलर सहायतासम्बन्धी सम्झौता एमसीसीको पक्ष र विपक्षमा अहिले देशको राजनीतिक माहोल तातेको छ । यसका पक्षधरहरु यो सम्झौता देशको दूरगामी हितमा रहेको तर्क गर्छन् भने आलोचकहरु राष्ट्रियतामा आघात पर्ने बताउँछन् ।...

झापाको मनषा थाइफुड्समा लागेको आगो नियन्त्रणमा बाहिर
  • खबरदाता

  माघ २९,२०७८ झापाको एक चाउचाउ कम्पनीमा लागेको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको हो। आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष...

आगामी तीन दिन मौसम सफा रहने
  • खबरदाता

  माघ २९,२०७८ आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८