• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

झापाको मनषा थाइफुड्समा लागेको आगो १२ घन्टापछि नियन्त्रणमा

  • खबरदाता

झापाको मनषा थाइफुड्समा लागेको आगो १२ घन्टापछि नियन्त्रणमा

 

माघ २९,२०७८

झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा लागेको आगो १२ घन्टा पछि नियन्त्रणमा आएको छ।

उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो । ठुलो आगो नियन्त्रणमा आएपछि अहिले भित्री भागको आगो निभाउने काम भइरहेको झापा प्रहरीका प्रबक्ता डिएसपि बसन्त पाठकले जानकारी दिए।
पाठकका अनुसार अहिले जेसिबिको सहयोगमा दमकलले आगो निभाउने काम भइरहेको छ।

उद्योगमा स्टक राखिएको तेलमा आगोलाग्नबाट बचाउँदा यो भन्दा ठुलो क्षति हुनबाट जोगिएको पाठकले बताए । उद्योग भित्र १ लाख ३५ लिटर तेल रहेको थियो।

सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटाभन्दा बढी दमकल प्रयोग भइरहेका छन्।

विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरेलगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ।

उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन्।

उद्योगमा आगलागी सुरु भएसँगै छिमेकमा रहेका घरहरूका सामानसमेत खाली गरिएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : माघ २९, २०७८, शनिवार १०:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८