• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

चितवन भेटेरानको अध्यक्षमा रबिन्द्रकुमार श्रेष्ठ

  • खबरदाता

चितवन भेटेरानको अध्यक्षमा रबिन्द्रकुमार श्रेष्ठ

 

माघ २९,२०७८

चितवन – चितवन भेटेरान फुटबल क्लबको अध्यक्षमा रविन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।शनिबार भरतपुर ७ स्थित कृष्णपुर रंगशालामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अघिल्लो कार्यकाल पनि श्रेष्ठनै अध्यक्ष थिए।

क्लबको उपाध्यक्षहरुमा धर्मेन्द्रराज शाही र बिष्णु दराई चयन भएका छन् । सचिवमा भरत सुवेदी, सह सचिवमा सूर्य नारायण मानन्धर तथा कोषाध्यक्षमा राजकुमार गुरुङलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा तेजलाल काफ्ले, यमप्रसाद गुरुङ, सन्तोष श्रेष्ठ, हरिप्रसाद भट्ट, हरिप्रसाद आचार्य, सुरज पौडेल र मनोज लामा रहेका छन् ।

कार्यक्रममा भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीलगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

  • प्रकाशित मिति : माघ २९, २०७८, शनिवार १०:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८