• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आर्थिक संकटका बेला बैंकहरु कसरी भए मालामाल ?

  • खबरदाता

आर्थिक संकटका बेला बैंकहरु कसरी भए मालामाल ?

श्रावण २४, २०७९

गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम अर्थात् तरलता अभाव रहेको देखाइरहे । आम उद्योगी र सर्वसाधारणले समेत स्वीकृत भइसकेको कर्जा पनि पाएनन् । तर बैंकहरुको नाफा भने बढेको बढ्यै छ । तरलता अभावका बीच बैंकहरुले ७५ अर्ब रुपैयाँ नाफा कमाएका छन् ।

नाफा वृद्धिको एउटा कारण त निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड दर) बढ्नु हो । अघिल्लो वर्ष धेरै वाणिज्य बैंकको स्प्रेड दर ४ प्रतिशतभन्दा तल थियो । तर गत वर्ष ४ प्रतिशतभन्दा माथि रह्यो ।सबैभन्दा धेरै नाफा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सुरक्षित गरेको छ । उसले ५ अर्ब २१ करोड नाफा कमाएको छ । यो रकम अघिल्लो वर्षभन्दा ३७ प्रतिशत बढी हो । ग्लोबल आइएमई बैंकले २४ दशमलव ७ प्रतिशत नाफा बढाएको छ । यो भनेको ५ अर्ब २० करोड हो । यस्तै नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंकले ४ अर्ब ९७ करोड कमाएको छ । ४ अर्बमाथि कमाउनेमा एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट बैंक पनि छन् । एनआईसी एसियाले ४ अर्ब ५३ करोड र इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ९ करोड कमाएका छन् ।

विश्वव्यापी संकटका असरले धेरै व्यावसायिक संस्थाहरु धराशयी भएका छन् । नागरिक जीवन तहसनहस भएको छ । यस्तो अवस्थालाई पनि बैंकले केवल आफ्नो नाफा सुरक्षित गर्नेतिर मात्र ध्यान दिएको र राज्यले यी संस्थाहरुलाई पनि केही हदसम्म सार्वजनिकरुपमा उत्तरदायी बनाउन नसकेको देखिन्छ । सामाजिक उत्तरदायित्व लिनु नपर्ने गरी हुने नाफाखोरीले समाजमा अरु प्रकारका अपराध र भ्रष्टाचारका शृंखला बढाउँछ । नयाँ प्रकारले वर्ग विभेद जन्माउँछ । त्यसैले वित्तीय संस्थाहरूलाई नाफाकेन्द्री मात्र नभएर सामाजिक उत्तरदायित्व पनि वहन गराउन बाध्य पार्नुपर्छ । यसका लागि नाफाको निश्चित प्रतिशत उनीहरुले साना ऋणीहरुको कल्याणमा लगानी गर्ने व्यवस्था हुनुपर्छ । लोककल्याणकारी राज्यले यसतर्फ पनि सोच्न सक्नुपर्छ ।

  • प्रकाशित मिति : साउन २४, २०७९, मंगलवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८