• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

  • खबरदाता

चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

 

चैत १६,२०७८

चितवन – चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ चितवनको सहकार्यमा कार्यक्रम भएको हो ।

गत सोमबार १६६ जना पत्रकारको रगतको नमूना संकलन गरिएको थियो । सोही नमूनाको रिपोर्ट हेरेर चिकित्सकहरुले परीक्षण गरेका थिए। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा। भोजराज अधिकारी, मेडिकल सुपरिटेण्डेण्ट अर्थोपेडिक सर्जन प्रा।डा।कृष्णप्रसाद पौडेल, मुटुरोग विशेषज्ञ डा।मणि गौतम, फिजिसियन डा।गोविन्द कँडेल, फिजिसियन डा।नवराज लामिछाने, फिजिसियन डा प्रमोद पौडेल, फिजिसियन डा। प्रतिक्षा श्रेष्ठ लगायतका चिकित्सकहरुले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरे ।

आवश्यक पत्रकारहरुलाई महासंघमै र्ईसिजि समेत गरिएको थियो । थप उपचार गर्नुपर्ने पत्रकारहरुलाई भरतपुर अस्पतालमा समन्वय गरिएको कार्यक्रम संयोजक विप्लव काफ्लेले बताए।
महासंघको सभाहलमा आयोजित स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले पत्रकार र चिकित्सक लाइ दुईटा टाउको र एउटै पेट भएको चराको संज्ञा दिए । उनले भरतपुर अस्पतालले मेडिकल सिटीको नेतृत्व गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिए । भरतपुर अस्पतालको विकासका लागि पत्रकारहरुले स्वच्छ आलोचना गर्नुपर्ने बताउँदै अस्पताललाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीले स्वास्थ्य परीक्षण कार्यक्रमलाई वार्षिक रुपमा नियमित क्यालेन्ण्डरमा राखेर लैजानुपर्ने बताए।महासंघका सचिव दीपेन्द्र अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए। स्वास्थ्य परीक्षण कार्यक्रमका संयोजक विप्लव काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो।

  • प्रकाशित मिति : चैत १६, २०७८, बुधवार १७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८