• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

प्रेस स्वतन्त्रता बारेको निबन्ध लेखनमा अधिकारी पहिलो

  • खबरदाता

प्रेस स्वतन्त्रता बारेको निबन्ध लेखनमा अधिकारी पहिलो

माघ ३,२०७८

‘नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अबस्था’ बारे लेखिएका निबन्ध मध्ये सुर्य प्रसाद अधिकारीको लेख पहिलो भएको छ।

नेपाल पत्रकार महासंघ चितवन शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा उक्त निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको थियो।

सोमबार महासंघले प्रकासित गरेको पत्रमा पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम भएको उल्लेख गरिएको छ ।

करिब डेढ दशक अधि देखि पत्रकारिता गर्दै आएका अधिकारी मोफसलबाट समाचार लेख्दै आएका छन।
बिषेस गरि सामाजिक र आर्थिक समाचार लेख्न मन पराउने अधिकारी रेडियो नेपाल,आर्थिक अभियान दैनिक , थाहा खबर लगायतमा समाचार लेख्ने गर्छन।

यस्तै उक्त निबन्ध लेखनमा रामशरण गैरे दोस्रो र सुनिल पराजुलीले तेस्रो स्थान लिएका हुन।

पहिलो , दोस्रो र तेस्रो हुनेलाइ क्रमश ५,३ र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

निबन्ध प्रतियोगिताको छनोट समितिमा वालकृष्ण थपलिया, संगीत आयामलगाएत सहभागी थिए ।

  • प्रकाशित मिति : माघ ३, २०७८, सोमवार १०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८