• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा २८४ परिक्षण गर्दा ६६ मा संक्रमण

  • खबरदाता

चितवनमा २८४ परिक्षण गर्दा ६६ मा संक्रमण

आज गरिएका परिक्षण मध्ये २३.२३ प्रतिशतमा संक्रमण ।

असार -१९ ,२०७८

चितवन । आज चितवनमा २६३ जनाको पिसिआर परिक्षण गर्दा ५७ र २१ को एन्टिजेन परिक्षण गर्दा ९ जना गरि थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ४५ खैरहनिमा ७, रत्ननगरमा १० ,राप्तीमा १ र कालिकमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ७३ जनाको आइसियुमा , जसमध्ये २१ जनाको भेन्टिलेटर र ३७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२२९ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका १ र नवलपरासीका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २८५ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २१ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : असार १९, २०७८, शनिवार ०८:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८