• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

स्टरर्लीङको गोलमा इंग्ल्यान्ड विजयी

  • खबरदाता

स्टरर्लीङको गोलमा इंग्ल्यान्ड विजयी

जेष्ठ ३०,२०७८

रहिम स्टरर्लीङको निर्णायक गोलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले हराउँदै युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ ।

साबिक विश्व उपविजेता क्रोएसियाको विरुद्धमा स्टरर्लीङले ५७ औ मिनेटमा केभिन फिलिप्सको पासमा नजिकको दुरीबाट गोल गरे ।

यस अघि नै इंग्ल्यान्ड गोलको नजिक पुगे पनि फील फोडेनको प्रहार साइड बारमा लागेको थियो । तीन महत्त्वपूर्ण अङ्क जोडेको इंग्ल्यान्डले शुक्रवार वेम्बली रङ्गशालामा स्कटल्यान्डसँग खेल्ने छ ।

फिलिप्सको महत्त्वपूर्ण प्रतियोगितामा यो पहिलो खेल थियो भने स्टरर्लीङको हकमा ठुला प्रतियोगितामा यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

  • प्रकाशित मिति : जेठ ३०, २०७८, आइतवार १५:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८