• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनका दुई लायन्स क्लबले बाँडे स्वास्थ्य सामाग्री


चितवनका दुई लायन्स क्लबले बाँडे स्वास्थ्य सामाग्री

 

जेष्ठ २२,२०७८ – टिकादत्त तिमिल्सिना

लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले कोरोना भाइरस बिरुद्ध स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।

सनिवार नवलपुरको गैंडाकोटमा आयोजित एक कार्यक्रमा गैंडाकोट नगरपालिका मार्फत हुने गरि दुई ओटा अक्सिजन कन्सनटेटर र सेनिटाइजर हस्तान्तरण गरिएको हो।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन र चितवनका दुई क्लबको आर्थिक सहयोगमा उपलब्ध उक्त स्वास्थ्य सामाग्री लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले गैंडाकोट नगरपालिका मार्फत हुने गरि हस्तान्तरण गरेका हुन।

नगरका मेयर मेयर छत्र राज पौडेल र उप मेयर बिष्णु कुमारी कंडेलले संयुक्त रुपमा सामाग्री बुझेका हुन। कार्यक्रममा मेयर पौडेलले लायन्स क्लबहरुले कोभिडको महामारीमा धेरै सहयो गरेको भन्दै धन्यवाद दिए।
यस्तै उक्त दुई क्लबले बाग्लुङको जैमुनी नगरपालिकालाई एउटा अक्सिजन कन्सनटेटर , मास्क, पिपिइ लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

गैंडाकोट नगर पालिकालाई यस अघिपनि क्लबले एउटा कन्सनटेटर लगाय स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो।

कार्यक्रममा लायन्सका जिएसटि भक्ती प्रसाद चालिसे ,जोन चेयर पर्सन बिनोद पन्त, डा. महेन्द्र अग्रहरी लाल प्रसाद शर्माको उपस्तिथि थियो। यस्तै गैंडाकोट ५ का अध्यक्ष नवराज कंडेल र नगर स्वास्थ्य प्रमुख प्रकाश पोखरेलको समेत उपस्थिति रहेको थियो।

  • प्रकाशित मिति : जेठ २२, २०७८, शनिवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८