• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सक्रिय संक्रमीत एक लाख भन्दा थोरै

  • खबरदाता

सक्रिय संक्रमीत एक लाख भन्दा थोरै

जेष्ठ २१ ,२०७८

चितवन । आज एकै दिनमा ८६६३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ७६ हजार १३० रहेको छ । यो ८१.९ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ६६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

देश भर १४१८२ को पिसिआर परिक्षण गर्दा ४६२४ र ६६३१ जनाको एन्टिजेन परिक्षण गर्दा २०२९ जना गरि कुल ६६५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १३८ र उपत्यकामा १३८४ जना रहेका छन्।

आज चितवनका १ सहित थप १०१ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७७३१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ९७ हजार ६९९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७५५ रहेकोछ ।

  • प्रकाशित मिति : जेठ २१, २०७८, शुक्रवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८