• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

तेस्रो वेभको लागि तयारीमा जुटौं : डा. न्यौपाने

  • खबरदाता

तेस्रो वेभको लागि तयारीमा जुटौं : डा. न्यौपाने

जेष्ठ १३,२०७८

डा. हरिश चन्द्र न्यौपानेले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै त्यसको प्रतिरोध गर्न सक्ने गरि तयारीमा लाग्न सबैमा अनुरो गरेका छन।

बिदेश तिरको कुरा सुन्दा र अहिले सम्मको अवस्था हेर्दा अब दुइ चार महिनाको अबधि भित्रमा कोभिडको – १९ को तेस्रो वेभ आउन सक्ने देखिन्छ । यो पटक आउने कोभिडले बालबालिकाहरुमा असर पार्ने संभावना देखिएकोले सबैले बेलैमा सतर्कता अपनाउनु जरुरी रहेको उनले बताएका छन।

तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै चितवन मेडिकल कलेज (सिएमसि) ले १७ शैयाको पिआइसियु तयारी गरिसकेको र अन्य तयारी पनि गरिरहेको छ ।

बच्चाको कृटिकल केयरमा अध्ययन गरि आएका नेपालका एक मात्र चिकित्सकले चितवन मेडिकल कलेजमा उपचार गर्दै आएको उनले दाबी गरेका छन। अब केही दिनमानै अन्य स्वास्थ्यकर्मिलाइ समेत बच्चाको कृटिकल केयर सम्बन्धि निशुल्क तालिमको ब्यबस्था गर्ने र धेरैलाई यश सम्बन्धि ज्ञान दिलाउने न्यौपानेले बताए । सो तालिम एक हप्ताको हुने छ ।

जेजति तयारी गर्नु पर्नेहो बेलैमा गर्न र जुनसुकै बेला तेस्रो लहरको सामना गर्न सक्ने हुन जरुरी रहेको उनले बताएका छन।

उनले भनेका छन, स्वास्थयकर्मीहरुलाइ राम्रो संग तालीमको व्यबस्था गरौं ता कि भोलि पछुताउन नपरोस।

  • प्रकाशित मिति : जेठ १३, २०७८, बिहीवार ०१:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८