• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

देशमा कोरोना संक्रमण मुक्त हुने ४ लाख नाघे

  • खबरदाता

देशमा कोरोना संक्रमण मुक्त हुने ४ लाख नाघे

कोरोनाबाट ६ हजार ७ सयले ज्यान गुमाए
जेष्ठ ११ ,२०७८

चितवन । आज एकै दिनमा ६४०४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ४ हजार ८८७ रहेको छ । यो ७६।६ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ८६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

देश भर २२३०६ को पिसिआर परिक्षण गर्दा ८३८७ र ६३० जनाको एन्टिजेन परिक्षण गर्दा २४९ जना गरि कुल ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ५५ र उपत्यका २६१३ जना रहेका छन्।

आज चितवनमा ७ सहित थप १६९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६७०० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९१४ छ ।

  • प्रकाशित मिति : जेठ ११, २०७८, मंगलवार १२:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८