• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एकै घरका १५मा संक्रमण , टोलकै गरियो पिसिआर

  • खबरदाता

एकै घरका १५मा संक्रमण , टोलकै गरियो पिसिआर

जेष्ठ १०,२०७८

एउटै घरमा बस्ने १५ जनामा संक्रमण, नगरपालिकाले गर्यो टोलभरको पिसिआर

बागलुङ- एउटै घरमा बस्ने १५ जनामा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले टोलबासीको पिसिआर गराएको छ । बागलुङ नगरपालिका वडा नम्बर २ को श्रीनगरटोलमा साताअघि एकै घरका १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्ला स्वास्थ्य र बागलुङ नगरपालिका स्वास्थ्य शाखाको सहभागितामा पिसिआर गराइएको वडा नम्बर २ का सदस्य अर्जुन घिमिरेले जानकारी दिए ।

१५ जनामध्ये संक्रमण देखिएका घरधनी भने गम्भीर बिरामी भएर पोखरा उपचारका लागि गएका छन् । उक्त घरमा बस्ने १८ जनाको पिसिआर गर्दा १५ जनाको पोजेटिभ देखिएको थियो । शनिबार उक्त टोलका हरेक घरबाट १-१ जनाको पीसीआर गरेर सुरक्षित बस्न लगाइएको छ ।

वडा नम्बर ३ मा पनि लक्षणसहितका बिरामी देखिएपछि पिसिआर गराइएको छ । सार्वजनिक क्षेत्रमा काम गर्नेमा संक्रमण भए टोलभरि नै फैलने भएकोले शंकास्पदलाई पिसिआरमा बोलाउनुपरेको वडाध्यक्ष लक्ष्मी बास्कोटाले बताइन् ।

‘सामान्य अवस्थाकालाई मापदण्डले पनि परीक्षण नगर्न भनेको रहेछ तर सार्वजनिक स्थानमा काम गर्ने, तरकारीलगायत व्यवसाय गर्नेको परीक्षण भए मात्रै स्थानीय सुरक्षित बन्छन्,’ उनले भनिन्, ‘केही रिफर गर्ने बिरामीलाई पनि परीक्षण गरिएको छ ।’बागलुङ नगरपालिकाले संक्रमण हुनेलाई खोजी गरेर न्यूनीकरण अभियान थालेको छ ।

  • प्रकाशित मिति : जेठ १०, २०७८, सोमवार ००:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८