• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा सकृय संक्रमीत ४ हजार नाघे

  • खबरदाता

चितवनमा सकृय संक्रमीत ४ हजार नाघे

जेष्ठ ३,२०७८

चितवन । आइतबार जिल्लामा थप २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १८७ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा १३ ,माडि नगरपालिकामा ९ ,रत्ननगरमा २७,राप्तीमा १२, कालिकामा ५ र इच्छाकामनकमा १ गरि थप २५४ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २४१ जनाको आइसियुमा , ४४ जनाको भेन्टिलेटरमा र ८२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४०६१ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका १५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ६ जना , गुल्मीका १, मकवानपुर १, रुपन्देही ३,बारा १, गोरखा १,बागलुङ १ र बुटवलका १ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा २ ,चितवन मेडिकल कलेजमा ७ र पुरानो मेडिकल कलेजमा ४ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या १७३ पुगेको छ । आज चितवनमा थप ५६ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ ३, २०७८, सोमवार १४:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८